काठमाडौँ । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।