आईपीएलका लागि अक्सन सूची सार्वजनिक

  • मिति : मंसिर २३, २०८२
939 Shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलाडी अक्सन सूची मंगलबार सार्वजनिक गरिएको छ ।  यसमा कुल ३५० खेलाडीको नाम छ। यी खेलाडीहरूका लागि बोली यही डिसेम्बर १६ मा यूएईको अबुधाबीमा लगाइने छ।

अक्सन भारतीय समयअनुसार डिसेम्बर १६ दिउँसो २:३० बजे सुरु हुनेछ ।  आईपीएलको आधिकारिक वेबसाइटका अनुसार, अक्सनका लागि कुल १ हजार ३९० खेलाडीले नाम दर्ता गराएका थिए, जसमध्ये ३५० खेलाडी छनोट भएका छन्। जसमा २४० भारतीय र ११० विदेशी खेलाडी छन्।

सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी छन्। डिसेम्बर १६ मा हुने अक्सनमा फ्रेन्चाइजीहरूले कुल ७७ उपलब्ध स्लटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यी स्लटमध्ये ३१ स्लट विदेशी खेलाडीहरूका लागि छुट्याइएका छन् ।