एमालेले देउवालाई दियो महाधिवेशनको निम्तो

  • मिति : मंसिर २३, २०८२
2.3K Shares

काठमाडौं । नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ । एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका हुन् ।

एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेका थिए । देउवाले सकेसम्म आउने वचन दिएका छन् ।

भेटघाटका क्रममा समसामयिक राजनीतिक विषयवस्तुमा संक्षिप्त छलफल भएको बुझिएको छ ।