काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विशेष परिस्थितिका कारण भदौ २४, २५ र २६ गते (मंगलबार, बुधबार र बिहीबार) सञ्चालन हुने सबै परीक्षाहरू स्थगन गरेको छ ।
त्रिवि डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै परीक्षा स्थगन भएको जानकारी गराएका छन् ।
मानविकी तथा सामाजिकशास्त्र संकाय:-
नियमित परीक्षा
बीसीए दोस्रो र आठौं सेमेस्टरका परीक्षा
एमसीए प्रथम सेमेस्टरको मंगलबार हुने परीक्षा
परीक्षा नियन्त्रण कार्यालय :
चार वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षा
स्थगित भएका परीक्षाको नयाँ तालिका डिन कार्यालयले अर्को सूचनामार्फत सार्वजनिक गर्नेछ ।
यस्तै, परीक्षा नियन्त्रण कार्यालयले स्थगित भएका परीक्षा असोज २, ४ र ५ गते क्रमशः सञ्चालन गर्ने जनाएको छ । यीबाहेक अन्य मितिका परीक्षाहरू यथावत् रहने पनि त्रिविले स्पष्ट पारेको छ ।
‘देशमा आकस्मिक रूपमा सृजना भएको असहज परिस्थितिका कारण २०८२ साल भाद्र २४, २५ र २६ गतेका दिन (बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको छ’, सूचनामा भनिएको छ ।