काठमाडौं । शिक्षा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले राजधानीमा आन्दोलित गतिविधि तीव्र पारेका छन् ।
उनीहरूले विरोध स्वरूप सडकमा आफ्ना स्कुल बसहरू राखेर बाटो जाम गरेका छन् ।
आन्दोलनकारी विद्यालय पक्षले शिक्षा विधेयकमा निजी क्षेत्रलाई कमजोर बनाउने प्रावधान हटाउन माग गर्दै दबाब सिर्जना गरिरहेको जनाएको छ ।
