स्काईलाईन ईन्फ्राले आईपीओ निष्काशन गर्ने, हिमालय सेक्युरिटिजसँग सम्झौता

  • मिति : भदौ १३, २०८२
2.8K Shares

काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धका लागि सम्झौता भएको छ ।

यस सम्झौताले स्काईलाईन ईन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुयाउनेछ ।

सम्भको हस्ताक्षरमा स्काईलाईन ईन्फ्राको तर्फबाट राजेश अग्रवाल (संस्थापक), सत्यनारायण केयल (संस्थापक), सुभाष अग्रवाल (संस्थापक, राजेश हार्डवेयर प्रालि), विनोद श्रेष्ठ (संस्थापक), प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) तथा वडा कार्यालयको तर्फबाट सुशिल कुमार कानु (वडा अध्यक्ष, १० नं. वडा कार्यालय, बिरगञ्ज म.न.पा.), सिद्धान्त झुन्झुन्वाला (मान्यताप्राप्त लेखापरीक्षक, सुभाष एण्ड कम्पनी) तथा कमलमोहन पोखरेल (कानूनी सल्लाहकार) ले प्रतिनिधित्व गरेका थिए भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।

हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेण्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

स्काईलाईन ईन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटलको रुपमा स्थापित रहेकोछ । जसले बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेण्ट, स्विमिङ्ग पुल, स्पा, क्यासिनो, क्युएफएक्स सिनेमा हलको सेवा सुविधा प्रदान गर्दै आएको छ ।

यस क्षेत्रका वासिन्दाले यस कम्लेक्सबाट गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्नका साथै यस स्थानबाट आन्तरिक तथा बाह्य पर्यटकहरुले विश्व स्तरीय सेवा प्राप्त गर्नेछन्।