काठमाडौं, ९ असार । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।
आज रास्वपाका सांसदहरू बैठक सुरू भएलगत्तै आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिएका हुन् ।
रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत भएको मानव तस्करीको छानबिन नगरेसम्म संसद्मा आफूहरुको विरोध जारी रहने बताए लगत्तै सांसदहरू बाहिरिएका हुन् ।