रविन्द्र मिश्र र धवलशमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

  • मिति : जेष्ठ ३०, २०८२
1.1K Shares

काठमाडौं : अदालतमा बयानका लागि अनुपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको छ।

सम्भवतः उनीहरुविरुद्ध आज पक्राउ पुुर्जी जारी हुने स्रोतले जानकारी दिएको । उपचार गर्न हाजिरी जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाहिर आएका मिश्र काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो। अदालतको नजरमा मिश्र र राणा फरार छन्।

उनीहरू सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइसकेका छन्। जमानी बस्ने कानुन व्यवसायीहरूले जरिवना तिरिसक्दा पनि उनीहरू अदालतमा हाजिर भएका थिएनन्।