सुनको भाउमा भारी घटबढ, साता भरमा ५७ सयले घट्यो मूल्य

काठमाडौं ।  आइतबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य ३७ सय रूपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रूपैयाँ कायम भएको थियो।

फेरि मंगलबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रूपैयाँ कायम भयो।

बिहीबार फेरि छापावाल सुनको मूल्य ३५ सय रूपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएको थियो।

शुक्रबार छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ५७०० रुपैयाँले घटेको छ ।