बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको अवसरमा लुम्बिनी हुने कार्यक्रममा सहभागी हुने भएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसर लुम्बिनीमा हुने कार्यक्रम सहभागी हुन प्रधानमन्त्री ओली आउन लागेको लुम्बिनी विकास काेषले जनाएको हो।
प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरबाट बिहान ९ बजे आएर ११ बजे फर्कने तालिका रहेको छ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जयन्ती आज मनाइँदै छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।