पाकिस्तानमा फेरि ड्रोन आक्रमण, आणविक युद्ध भएमा भारत जिम्मेवार हुनेछ : पाकिस्तानी रक्षामन्त्री

काठमाडौं, २५ वैशाख । भारतले आज फेरि पाकिस्तानमा ड्रोन आक्रमण गरेको पाकिस्तानी मिडियाले दाबी गरेको छ ।

जियो न्यूजले ड्रोन पाकिस्तानको पञ्जाब प्रान्तको गुजरानवालाको डिंगा क्षेत्रको खेतमा खसेको दाबी गरेको छ । यसको भग्नावशेष सङ्कलन भइरहेको पनि समाचारमा उल्लेख छ ।

यसअघि भारतले अपरेशन सिन्दूरअन्तर्गत मे ७ को राति १ः०५ बजे पाकिस्तान र पीओके अर्थात् पाकिस्तान प्रशासित कश्मीर भित्र हवाई आक्रमण गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले भारतको यो हमलाको बदला लिने बताएका छन् । ‘हामी ठाउँ र समय छनौट गरेपछि आक्रमण गर्नेछौँ ।’ शरिफले भनेका छन् ।

यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले हिजो भने कि यदी भारतले यो आक्रमणलाई अगाडि बढायो र आणविक युद्ध भयो भने यसको जिम्मेवारी भारतको हुनेछ ।