रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । बिहीबार दिउँसो वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका गतिविधिबारे छलफल भइरहेको रास्वपाले जनाएको छ ।

बैठकमा अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल, महाधिवेशन कार्य विवरणका सम्बन्ध,केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।