प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं. ६ अर्घले स्थित गोरखा गार्डन होटल प्रालि बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच गोरखा गार्डन होटलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत (गण्डकी प्रदेश) राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रालिमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रालि बीच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास गरिएको छ ।