तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) २०८२ को काठमाडौंमा औपचारिक घोषण

नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक योगदान पु¥याउँदै आएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (NATTA) ले काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) २०८२ को औपचारिक घोषणा गरेको छ।

नेपाल पर्यटन बोर्ड (NTB) र NATTA बीच संयुक्तरूपमा आगामी द्यक्ष्त्य २०८२ मा BITM आयोजना गर्ने सहमतिसहित २०८१ चैत २२ गते (April ४, २०२५) सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त सम्झौतामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र NATTA का अध्यक्ष कुमार मणि थपलियाले हस्ताक्षर गर्नुभएको हो।

BITM २०८२ आगामी जेठ १० देखि १२ गते (May २३–२५, २०२५) सम्म काठमाडौं र लुम्बिनी–भैरहवामा भव्य रूपमा आयोजना गरिनेछ। उद्घाटन समारोह, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी कार्यक्रम जेठ १० र ११ गते काठमाडौंस्थित पाँचतारे होटलमा हुनेछ भने समापन कार्यक्रमसहितका गतिविधिहरू जेठ १२ गते लुम्बिनीमा सम्पन्न गरिनेछन्।

कार्यक्रममा १५ भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनमा रुचि राख्ने खरीदकर्ताहरू (Buyers) तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरू (Sellers) को सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागी राष्ट्रहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का लगायतका बौद्ध राष्ट्रहरू समावेश छन्। BITM २०८२ मा करिब १,१०० भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।

सहभागीहरूले २०८२ वैशाख २८ (May १०, २०२५) भित्र अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ भने २०८२ वैशाख १८ (April ३०, २०२५) भित्र दर्ता गर्ने सहभागीहरूलाई “Early Bird” छुट प्रदान गरिनेछ।

कार्यक्रमको विस्तृत जानकारी, कार्यतालिका, सहभागीहरूको प्रोफाइल तथा प्रदर्शनी सम्बन्धी विवरणहरू आधिकारिक वेबसाइट www.bitmnepal.com मा उपलब्ध छ, जहाँबाट सहभागीहरूले सहज रूपमा आफ्नो दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।

BITM का लागि Platinum, Diamond, Gold र Silver स्तरका प्रायोजन प्याकेजहरू पनि सार्वजनिक गरिएका छन्, जसअनुसार विभिन्न ब्राण्डहरूले कार्यक्रमको प्रचारमा सहकार्य गर्न सक्ने र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नेटवर्क विस्तार गर्न सक्ने अवसर प्राप्त गर्नेछन्।

BITM २०८२ को सफल आयोजनाबाट नेपालमा बौद्ध पर्यटनको प्रबर्द्धन, क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटन व्यवसायको सशक्त पहिचान गराउने अपेक्षा गरिएको छ।