नयाँ दिल्ली । दिल्ली प्रहरीले वैध भिसा बिना भारतमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई पक्राउ गर्न थालेको छ । यसै नीति अन्तर्गत दिल्ली प्रहरीको टोलीले वैध भिसा बिना भारतमा बसेको आरोपमा दुई बङ्गलादेशी सहित १५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । यिनीहरूविरुद्ध थप कानुनी कारबाही भइरहेको बताइएको छ । दिल्ली प्रहरीले मोहन गार्डेन र उत्तम नगर क्षेत्रमा यस्ता अवैध विदेशी नागरिकहरूलाई पक्राउ गर्न विशेष अभियान चलाएको थियो ।
यस अवधिमा दुई बङ्गलादेशी बाहेक १२ नाइजेरियाली र आइभरी कोस्टका एक नागरिकलाई पनि पक्राउ गरिएको छ । यिनीहरू वैध भिसा बिनै भारतमा धेरै समय बसेको प्रहरीले बताएको छ । यसरी पक्राउ गरिएकाहरूलाई हिरासत केन्द्रमा पठाइएको छ । प्रमाणीकरण पछि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)ले उनीहरूलाई देश निकालाको आदेश दिएको छ । यिनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको बताइएको छ ।