सुनसहित एक जना पक्राउ

  • मिति : कार्तिक २६, २०८१

काठमाडौँ । प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ३ सय ५६ ग्राम सुनसहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउका २७ वर्षीय कनैया लाललाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु.२ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।