कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ ।
नगर उपप्रमुख शुभ लक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा नकर्मीको उपचार भइरहेको छ ।
उनले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिइन् । मिर्गौलामा समस्या देखिएपछि नकर्मी नियमित डायलायसिस गराउँदै आएका थिए ।
शाक्यका अनुसार पछिल्लो एक महिनादेखि उनको स्वास्थ्यमा झनै समस्या देखिएको थियो ।