विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति नबन्ने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कांग्रेसले भने जस्तो संसदीयढ समिति नबन्ने बताएका हुन्।
सरकार सहकारीका विषयमा संसदीय समिति बनाउन तयार रहे पनि कांग्रेसले भनेजस्तो समिति बनाउन नसकिने स्पष्ट पारे। ओलीले भने,‘जेठ ५ गते वेलुका राखेको प्रस्ताव अनुसार कांग्रेस सहमत भए संसदीय समिति बन्न सक्छ।’ ओलीले कांग्रेसले जता भेट्यो उतै टोक्यो, जसलाई भेट्यो त्यसैलाई टोक्यो जस्तो व्यवहार गरिरहेको बताए।
कांग्रेस लोकतानत्रीक मूल्य मान्यतामा नअडिएको भन्दै ओलीले कांग्रेस सत्ताको मात्रै मोहमा लागेको आरोप लगाए। ओलीले भने ‘कांग्रेस लोकतान्त्रीक मूल्य मान्यतामा नअडिएर सत्ताको मोहमा मात्रै लागेको छ।’ ओलीले कांग्रेसले भने अनुसार रवि लामिछानेले प्रधानमन्त्री बन्न नमान्दा सहकारीको विषय उचालेर भाँडभैलो मच्चाईरहेको आरोप लगाए।
एक छिन सरकारमा नहुँदा छटपटिनु र पानी विनाको माछा जस्तो हुन बहुमतिय प्रणालीमा उचित हैन। कांग्रेसले आफूलाई सम्हाल्नु पर्यो। ओलीले सहकारी ठगी गरेकै हो भन्ने लागे अदालतमा मुद्दा हाल्न कांग्रेसलाई चुनौति दिए। उनले भने ‘सहकारी ठगी गरेकै हो भन्ने लाग्छ भने अदालत गए भइगयो नी।’