मकवानपुरमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • मिति : फाल्गुन १९, २०८०

हेटौँडा । मकवानपुरको मनहरिमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बिहान मनहरि गाउँपालिका–९ ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा स्थानीय ५० वर्षका सीताराम अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडाबाट बुटवल जाँदै गरेको लु २ च ७३२७ नम्बरको पिकअपको ठक्करबाट घाइते भएका अधिकारीका उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार चालक नवलपरासी बर्दघाट नगरपालिका १२ चौपट्टा बस्ने वर्ष २० वर्षका मनोज भुसाललाई पिकअप भ्यानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरिमा राखिएको छ।