संसद भवनमा मिटरव्याज पीडित प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन

  • मिति : फाल्गुन १४, २०८०

काठमाडौँ । सोमबार संसद भवन नयाँ बानेश्वरमा मिटरव्याज पीडित प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन भएको छ।

आइतबारदेखि मिटरव्याजको समस्या समाधानका लागि प्रर्दशनका लागि गर्दै आएका थिए। उनीहरु एक्कासी संसद भवनमा प्रवेश गरेर नाराबाजी गरेका थिए।

त्यसबारेमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमा कार्यरत डिएसपी दिनेश घिमिरे छन्।