नवजात शिशुलाई अस्पतालको शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन

  • प्रकाशित मिति : February 26, 2024
  • नयाँ सवाल

काठमाण्डाै ।  वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनका अनुसार छोरी जन्मेपछि उनलाई अस्पतालको शय्यामै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएका हुन् । अस्पताल प्रशासनका अनुसार नवजात शिशुलाई एनआईसियू वार्डमा राखिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी अस्पतालले जनाएको छ । अस्पतालको रेकर्डमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ ।

नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर थियो  । पर्सा प्रहरीका अनुसार छोरी छाडेर फरार भएकी महिलाको यसअघि नै तीनजना छोरी रहेको खुलेको छ । प्रसूति गराउन अस्पताल जाँदा महिलाको परिवारले अस्पतालको रजिस्टरमा नाम र ठेगाना नै गलत टिपाएको पनि प्रहरीले जनाएको छ ।