इटलीमा ६०-७० वर्षका चोरहरूको ग्याङ पक्राउ

  • प्रकाशित मिति : February 25, 2024
  • नयाँ सवाल

रोम । रोमका प्रहरीहरूले ६० र ७० वर्ष उमेर समूहका चोरहरूलाई समातेका छन् । सहरभरका हुलाक कार्यालयहरूमा यो वृद्ध चोर समूहले तोडफोड गरेर चोरी गर्दै आएका थिए । प्रहरीले समातेका ७० वर्षका इतालो डे विट, ६८ वर्षका सान्द्रो बारुज्जो र ७७ वर्षका रानिएरो पुला झट्ट हेर्दा समातिएका चोरहरू खुँखार अपराधी हुन् भन्दा कसैले पत्याउन्नन् ।

यिनीहरू तीनै जना कसैलाई केही हानी पुर्‍याउनै नसक्ने हजुरबुबा जस्ता देखिन्थे । तर उनीहरूको बाहिरी रूप झुक्याउने खालको छ । यी तीन जना रोमका हुलाक कार्यालयमा लुटपाट गर्ने सशस्त्र हतियारधारी निर्दयी चोर समूहका नाइके हुन् । यो समूहका अन्य सदस्यमा अन्य तीन विज्ञ, एक जना नक्कली चाबी बनाउने व्यक्ति र अन्य दुई भने भित्तामा खनेर दुलो बनाउने व्यक्ति छन् । यो समूहका सबैको आपरधिक रेकर्ड छ ।

तीन जना नाइकेको सन् १९७० को दशकदेखिको चोरीको रेकर्ड छ । गएको वर्ष मेमा एउटा हुला कार्यालयमा लुटपाट भएपछि प्रहरीले यसबारे छानबिन सुरु गरेको थियो । विभिन्न कारण हुलाक कार्यालयमा चोरीको योजनाहरू टरेपछि नोभेम्बर ६ मा प्रहरीले यस समूहका सदस्यहरूलाई समातेको थियो । यो ग्याङका तीन जना नाइके यति बेला ४ वर्षको जेल सजाय भोगिरहेका छन् ।