काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदवारीस्थित सनराइज सम्मेलन केन्द्र शुक्रबार सरसफाइ गरिएको छ । पार्टी क्षेत्रीय कार्यसमितिले सरसफाइ गरेको केन्द्रीय सदस्य तथा भोजन व्यवस्थापन उपसमिति संयोजक उदय राणाले जानकारी दिए ।
“चार दिन चलेको महासमिति बैठकस्थल गोदावरीमा आज नेपाली कांग्रेसको क्षेत्रीय समितिले सरसफाइ गरेको छ। पार्टीको व्यानर, झण्डा, लगायत अन्य फोहोर हटाइएको छ‚” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यो कार्यका लागि क्षेत्रीय सभापति सुन्दरमान थिङजीसहित सबै साथीहरुलाई धन्यवाद ! यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।” कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म चलेको थियो ।