एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी

  • प्रकाशित मिति : February 23, 2024
  • नयाँ सवाल

काठमाडौँ । देशभर एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बुढानीलकण्ठ नगरपालिकामा मात्रै सो बीमा कार्यक्रम लागू हुन बाँकी रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले तयारी गरिरहेको बोर्डले जनाएको छ । २०७२ साल २५ चैतमा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको थियो । हाल देशभर करिब ७५ लाख जना यसमा आबद्ध भइसकेका छन् । ४७ लाख ८० हजार जनाले बीमा नवीकरण गरी औषधि उपचार गराइरहेका छन् ।

कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्दा एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाइने उल्लेख छ । तर पछिल्लो समय अपाङ्गता भएका व्यक्ति, स्वास्थ्य स्वयंसेविका, विपन्न परिवार, ज्येष्ठ नागरिकबाहेकले १० प्रतिशत थप रकम तिर्नुपर्ने योजना लागु भएको छ ।