कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकमा तनाव उत्पन्न

  • प्रकाशित मिति : February 22, 2024
  • नयाँ सवाल

काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा तनाव उत्पन्न भएको छ । बैठक हलमा गण्डकी र बागबती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पेस गर्न सुरु गरेसँगै महामन्त्री गगन थापा समर्थकले होहल्ला सुरु गरेका हुन् ।

बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो । तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका छन् । तर, गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी गरिरहेका छन् । महासमिति बैठकमा थापाले आफ्नो सांगठनिक प्रस्तावमा गठबन्धन गर्न नहुने उल्लेख गरेपनि हलमा त्यसको विपक्षमा बलियो मत देखिएको छ ।