काठमाडौं महानगरद्वारा एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

  • मिति : फाल्गुन ९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा अस्पताल पुगेको अनुगमन टोलीले आजदेखि फोहोर संकलन नगर्ने निर्णय गरेको हो ।

अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर नराखेको भन्दै महानगरले यसअघि कान्ति बाल अस्पतालको समेत फोहोर संकलन रोकेको थियो ।