कुशल भुर्तेलले लिए नामिबियाको पाँचौँ विकेट

  • मिति : फाल्गुन ९, २०८०

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौँ विकेट गुमाएको छ । नामिबियाको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

कुशल भुर्तेलले नामिबियाका कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान जेरहार्ड अर्समसलाई ५२ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका हुन् ।

पेभेलियन फर्किनुअघि जेरहार्डले ५६ बलमा दुई छक्का र आठ चौका प्रहार गरेका थिए । २२ औँ ओभरको अन्तिम बलमा जेरहार्ड आउट हुँदा नामिबियाले एक सय तीन रन बनाएको थियो ।