क्यालिफोनिर्या । अमेरिकाका खर्बपति व्यापारी जेफ बेजोसले अनलाइन खुद्रा कम्पनी एमाजनको अर्का १ करोड ४० लाख कित्ता शेयर बेचेका छन् । बेचेको शेयरको मूल्य २ अर्ब ४० करोड डलर आसपास रहेको छ । पछिल्लो चरणको विक्रीसँगै गएको ९ ओटा कारोबार दिनमा कम्पनीबाट करिब ५ करोड कित्ता शेयर विक्री भएको छ । यसको मूल्य साढे ८ अर्ब डलर भएको बताइएको छ ।
नोभेम्बरमा नै बेजोसले आगामी वर्षभरमा कम्पनीको ५ करोड कित्तासम्म शेयर बेच्ने घोषणा गरेका थिए । गएको वर्ष कम्पनीको शेयर मूल्य ७६ प्रतिशतले बढेको थियो । बेजोस कम्पनीको संस्थापक र कार्यकारी अध्यक्ष हुन् । उनले यस अघि सन् २०२१ मा एमाजनको शेयर बेचेका थिए । उनले बेलाबेलामा शेयर दान पनि गर्ने गरेका छन् ।
मियामीबाट बेजोस गएको वर्ष सियाटल बसाई सरेका थिए । उनले बेचेको शेयरमा त्यहाँ करिब ६० करोड डलर बराबरको कर बचाउने छन् । तर संघीय करहरू भने तिर्नु पर्नेछ । बेजोस एमाजनका सबैभन्दा ठुलो शेयरधनी हुन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार बेजोसको नेटवर्थ १ खर्ब ९० अर्ब डलरभन्दा धेरै छ ।