चितवनको खैरहनीमा एक युवकको हत्या

  • मिति : फाल्गुन ८, २०८०

चितवन ।  चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक जना युवकको हत्या भएको छ ।

आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ ।