काठमाडौं । काठमाडौँसहित तीन स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिला मृतावस्थामा फेला परेकी हुन् । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका-१ स्थित खुला चौरमा सोही गाउँपालिका-१ पैयापाटा बस्ने ५८ वर्षीय यम बहादुर जिसी सोमबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको राजबिराज नगरपालिका-६ मुसहरी बस्तीस्थित सडक छेउमा पनि भारत दरभाङगा घर भएका ६५ वर्षीय महेन्द्र सहनी सोमबार मृत अवस्थामा फेला परेका छन् ।