जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • मिति : फाल्गुन ७, २०८०

मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।  उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहीले पक्राउ गरेको हो ।

गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।