पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : February 19, 2024
  • नयाँ सवाल

बुटवल । पाल्पामा टिपर दुर्घटना भएको छ । सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको देव दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना भएको छ ।

दुर्घटनामा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ  । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।