प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपिओ निष्कासनको तयारीमा संस्थागत प्रक्रिया अगाडि बढाएको छ ।
सोही प्रस्तावसहित इन्स्योरेन्स कम्पनीले फागुन २७ गते साधारण सभा बोलाएको हो। सभा कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी, कैलालीमा दिउँसो १ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ।
सभामा कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०-८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।