प्रजातन्त्र दिवसको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध

  • प्रकाशित मिति : February 19, 2024
  • नयाँ सवाल

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सैनिक मञ्च टुँडीखेलमा भएको कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।

पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् । सूचना विभागले उपलब्ध गराएको प्रेस कार्ड देखाउँदा पनि प्रवेश दिइएको छैन ।