माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ

  • प्रकाशित मिति : February 16, 2024
  • नयाँ सवाल

काठमाडौँ । माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ परेका छन् । शुक्रबार माइतीघरको निषेधाज्ञा हटाउनु पर्ने भन्दै निषेधाज्ञाको ब्यानर जलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक आरती साहका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत छन् । उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर ,आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावाद जस्ता नारा पनि लगाएका थिए ।

सरकारले माइतीघर मण्डललाई निषेध क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्ना रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो । त्यहाँ पनि धर्ना बस्न नदिएपछि उनीहरू शान्तिबाटिकाको बाहिर बसिरहेका थिए । तर शुक्रबार बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लागेको थियो । त्यसपछि उनीहरुले माइतीघर राखिएको निषेधाज्ञाको ब्यानर जलाएका हुन् ।