काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पहिला नै सरकारमाथि ठूलो दायित्व थुपारिएकाले सरकारलाई सो सन्तुलनमा ल्याउन कठिन भएको बताएका छन् । विभिन्न आयोजना परियोजनाका नाममा पूर्व सरकार र निकायहरुले लिएको सार्वजनिक ऋण, भत्ता तथा सेवाको ठूलो भूक्तानीको दायित्वमा सरकार फसेको अर्थमन्त्री डा.महतले बताए ।
‘मैले पहिले पनि भनेको थिए, सरकारमाथि अस्वाभिवक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएकै हो । यसैले वित्त स्थिति सन्तुलनमा ल्याउन केहीँ खर्चको सीमा संशोधन गर्नु परेको हो । अर्कोतर्फ लक्षित राजस्व समेत नउठ्ने देखिएपछि स्वभाविक खर्च कम गर्नुपरेको हो’ उनले भने ।