काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ ।
एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो । सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ ।