सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण

  • प्रकाशित मिति : February 14, 2024
  • नयाँ सवाल

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको रकम हिनामिनामा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाता सम्बन्धित बैंकहरुसँग माग गरेको छ ।

विभागले २०८० माघ ८ गते बैंकहरुलाई पत्र पठाउँदै सबै २० वटा बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी विवरण पठाउन भनेको हो । विभागले बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत छ ।