काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी विधान अधिवेशनको दोस्रो दिन १३ वटा समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । प्रथम विधान अधिवेशनकाे दाेस्राे दिन आज १३ समूहले आफ्नो निष्कर्ष सुनाएका हुन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बाँकी समूहले भोलि निष्कर्ष प्रस्तुत गर्ने छन् ।