सुनको मुल्य प्रतितोला १२ सय रुपैयाँ घट्यो

  • मिति : फाल्गुन २, २०८०

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेर कारोबार भएको हो । आज छापावाल सुुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा करोबार भएको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।