पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • मिति : फाल्गुन १, २०८०

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा  जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले दुर्घटना ८ जनाको मृत्यु भएको बताए । प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको उनले बताए । मृतक र घाइतेको पहिचान नखुलेको उनले जानकारी दिए ।