वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

  • प्रकाशित मिति : February 13, 2024
  • नयाँ सवाल

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो ।

बोर्ड सचिवालयको सफ्टवेयर fewims.feb.gov.np को सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् । उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता टिकाराम ढकालले सफ्टवेयरमा समस्या आउँदा सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा केही दिन अवरुद्ध हुने बताए । इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भएर निवेदन भने दिन सकिने उनको भनाइ छ ।