काठमाडौं । पाँच वर्ष अर्थात् अर्को आम निर्वाचनसम्म गठबन्धनलाई कायम राख्दै जनताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएकोे सत्ता गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको बताएपछि गठबन्धनभित्र आपसी मतभेद बढेको हो। गठबन्धन दलका कतिपय नेताहरूले गठबन्धन र सरकारका जिम्मेवार व्यक्तिहरूकै कारण देशमा सुशासन कायम हुन नसकेको टिप्पणी गर्दै आएका थिए।
सत्ता र प्रतिपक्षीबाट सरकारको आलोचना भइरहेको अवस्थामा सोमबार प्रधानमन्त्री स्वयंले कांग्रेससँगको गठबन्धन लाभदायी नभएको पार्टी बैठकमा ब्रिफिङ गरेपछि आपसी मतभेदमा थप बल पुगेको नेताहरूले बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले गत राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरू हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक पदाधिकरीले भने– ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन।’ यद्यपि, अध्यक्ष प्रचण्डले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकमा सुनाउनुभएको बताउँदै ती पदाधिकारीले बताए।
प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको भन्दै बैठकमा भनेका थिए– ‘हामीले चाहिँ इमानदारीतापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर, हामीलाई पटक पटक धक्का मिलेको छ।’ संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डको उक्त अभिव्यक्ति बाहिरिएसँगै कांग्रेसका नेताहरूको प्रतिक्रियासमेत सार्वजनिक भएको छ। सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको जिकिर गर्दै आएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको जिकिर गर्दै भने– ‘हामीले गठबन्धन फलदायी बनाएकै छौं । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौं।’ कांग्रेस माओवादीसँगको सहमति र सम्झौताअनुसार अगाडि बढिरहेको जिकिर गर्दै लेखकले प्रश्न गरे– ‘गठबन्धन कहाँ असहज भयो ?’
प्रधानमन्त्रीले पार्टी कार्यकर्ताबाट आएको दबाबलाई साम्य पार्न यस्तो अभिव्यक्ति दिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच बलियो सम्बन्ध कायम रहेको नेता लेखकले बताए । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ता गठबन्धभित्र अविश्वास बढाउने नीतिका साथ अघि बढिरहेको अवस्थामा सत्ताभित्रकै नेताहरूबीच एक अर्काप्रति आलोचना बढ्नुलाई राजनीतिक वृत्तमा महत्वकासाथ हेरिएको छ।
सोमबार नै नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको टिप्पणी गरेका छन्।अहिलेको शासकीय स्वरूपले गठबन्धन गर्नु परिरहेको र गठबन्धनले भ्रष्टाचार बढाएको टिप्पणी गर्दै उनले देशको प्रमुख कार्यकारी व्यक्ति प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्थामा जानसके मात्रै गठबन्धन संस्कृतिको अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सक्ने बताए।
लाभ नभएको प्रधानमन्त्रीको रोइलो
आम निर्वाचनबाट ३३ सिटमा खुम्चिएर संसद्को तेस्रो हैसियतमा पुग्दासमेत देशको कार्यकारी प्रधानमन्त्रीको पद हत्याउन माहिर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको भन्दै रोइलो गरेका छन्। उनले पार्टीको केन्द्रीय समिति बैठकमा कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेका थिए ।
उनले भने– ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन।’ तर, अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको उनले बताएका छन्।
काठमाडौं : पाँच वर्ष अर्थात् अर्को आम निर्वाचनसम्म गठबन्धनलाई कायम राख्दै जनताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएकोे सत्ता गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको बताएपछि गठबन्धनभित्र आपसी मतभेद बढेको हो। गठबन्धन दलका कतिपय नेताहरूले गठबन्धन र सरकारका जिम्मेवार व्यक्तिहरूकै कारण देशमा सुशासन कायम हुन नसकेको टिप्पणी गर्दै आएका थिए।
सत्ता र प्रतिपक्षीबाट सरकारको आलोचना भइरहेको अवस्थामा सोमबार प्रधानमन्त्री स्वयंले कांग्रेससँगको गठबन्धन लाभदायी नभएको पार्टी बैठकमा ब्रिफिङ गरेपछि आपसी मतभेदमा थप बल पुगेको नेताहरूले बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले गत राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरू हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक पदाधिकरीले भने– ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन।’ यद्यपि, अध्यक्ष प्रचण्डले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकमा सुनाउनुभएको बताउँदै ती पदाधिकारीले बताए।
प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको भन्दै बैठकमा भनेका थिए– ‘हामीले चाहिँ इमानदारीतापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर, हामीलाई पटक पटक धक्का मिलेको छ।’ संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डको उक्त अभिव्यक्ति बाहिरिएसँगै कांग्रेसका नेताहरूको प्रतिक्रियासमेत सार्वजनिक भएको छ। सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको जिकिर गर्दै आएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको जिकिर गर्दै भने– ‘हामीले गठबन्धन फलदायी बनाएकै छौं । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौं।’ कांग्रेस माओवादीसँगको सहमति र सम्झौताअनुसार अगाडि बढिरहेको जिकिर गर्दै लेखकले प्रश्न गरे– ‘गठबन्धन कहाँ असहज भयो ?’
प्रधानमन्त्रीले पार्टी कार्यकर्ताबाट आएको दबाबलाई साम्य पार्न यस्तो अभिव्यक्ति दिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच बलियो सम्बन्ध कायम रहेको नेता लेखकले बताए । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ता गठबन्धभित्र अविश्वास बढाउने नीतिका साथ अघि बढिरहेको अवस्थामा सत्ताभित्रकै नेताहरूबीच एक अर्काप्रति आलोचना बढ्नुलाई राजनीतिक वृत्तमा महत्वकासाथ हेरिएको छ।
सोमबार नै नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको टिप्पणी गरेका छन्।अहिलेको शासकीय स्वरूपले गठबन्धन गर्नु परिरहेको र गठबन्धनले भ्रष्टाचार बढाएको टिप्पणी गर्दै उनले देशको प्रमुख कार्यकारी व्यक्ति प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्थामा जानसके मात्रै गठबन्धन संस्कृतिको अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सक्ने बताए।
लाभ नभएको प्रधानमन्त्रीको रोइलो
आम निर्वाचनबाट ३३ सिटमा खुम्चिएर संसद्को तेस्रो हैसियतमा पुग्दासमेत देशको कार्यकारी प्रधानमन्त्रीको पद हत्याउन माहिर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको भन्दै रोइलो गरेका छन्। उनले पार्टीको केन्द्रीय समिति बैठकमा कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेका थिए ।
उनले भने– ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन।’ तर, अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको उनले बताएका छन्।नेपाल समाचारपत्र