फेसबुकमा भावुक सन्देश लेखेर नेपालीद्वारा अमेरिकामा आत्महत्या

  • मिति : माघ २९, २०८०

काठमाडौं : एक नेपालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका अर्जुन मैनालीले आज आत्मदाह गरेका हुन् ।

आत्मदाह गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए । नेपालको काभ्रे घर भएका मैनालीले सालो र उनकी पत्नीका कारण आफू आत्मदाह गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

परिवारसहित अमेरिकामा बसदै आएका मैनालीले आफ्नी श्रीमतिलाई सम्बोधन गर्दै लेखेका छन्, ‘आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला !’

दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनाली अमेरिकामा सामाजिक अभियन्ताका रुपमा चिनिदै आएका छन् । उनले फेसबुकमा स्टाटस लेखेको केहि बेरमै आत्मदाह गरेको भेटिएको हो ।

उनको शव नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको हो । उनले स्टाटसमा मैनालीले आत्महत्याका लागि एउटा कार भाडामा लिएको उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार कारभित्रै आगो लगाएर उनको मृत्यु भएको हो । कार पनि पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको छ । उनले आफ्नी श्रीमतिलाई कमजोर नबन्न आग्रह गरेका छन् ।