राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश

  • प्रकाशित मिति : February 12, 2024
  • नयाँ सवाल

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष परिषदको वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७८÷०७९ को वाािर्षक प्रतिवेदन परिषद अध्यक्षले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।