पार्टी बन्ने आत्मविश्वास बढ्यो : जनार्दन शर्मा

काठमाडौँ । बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले माओवादी विशेष रूपान्तरण अभियानबाट पार्टी बन्ने आत्मविश्वास बढेको बताएका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा माओवादीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी रूपान्तरण अभियानबाट नेता तथा कार्यकर्तामा पार्टी बन्ने विश्वास जगाएको बताएका हुन् । उनले अभियानमा ६८ प्रतिशत पार्टी क्रियाशील भएको बताएका थिए ।

यस्तै बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीलाई चलायमान बनाउन अभियान जारी राख्नुपर्ने बताएका छन् । प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने कार्यक्रम रहेको छ ।