नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा भईरहेको योजनाहरु तथा विकास निर्माणका कार्यहरुमा अनियमितता लापरवाहि र गुणस्तरहिन विकास निर्माणका कामहरूमा भ्रष्टाचार र संविधानिकताको उल्लंघन भएको भन्दै सामाजिक सन्जालहरूबाट आलोचना आएको छ।
गाउँपालिकामा भइरहेको विकास निर्माणका कार्यहरुमा अनियमिततामा सिङ्गो गाउँपालिकाको मिलेमतो रहेको भन्दै सामाजिक सन्जाल मार्फत टीका टिप्पणी भएको छ । सामाजिक सन्जालमा भएका आलोचनाप्रती दुप्चेश्वर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाले विकास निर्माण कामको निरिक्षण, अनुगमन गर्दै गलत काम र पारदर्शिताको उल्लंघन भएमा तत्काल कारवाही गर्ने जनाएको छ । यसैसँगै, विकास निर्माण सँग सम्वन्धित काममा अनियमितता गर्ने सम्वन्धित निकायलाई कारवाहि गरि कामको कुनैपनि भुक्तानी नहुने जनाएको छ । साथै कहिँ,कतै यस्तो गलत कार्य गरेको भेटिएमा तुरुन्तै पालिकामा जानकारी गराउनुहुन दुप्चेश्वर गाउँपालिकाले अनुरोध गरेको छ ।
हरेक विकास निर्माणका कामहरु दिगो र गुणस्तरीय वनाउनु सवैको दायित्व र कर्तव्य रहेको र कुनै ठेकेदार कम्पनी वा समितिले गुणस्तरहिन काम गर्दा सिङ्गो गाउँपालिकालाई नै दोषारोपण गरि सामाजिक संजालमा यस्ता गलत आलोचना नगर्न दुप्चेश्वर गाउँपालिकाले आग्रह गरेको छ । साथै, यस्ता गुणस्तरहिन काममा कुनै किसिमको सँलग्नता नरहेको र आगामी दिनमा पनि नरहने गाउँपालिकाले जनाएको छ ।