नुवाकाेट | नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर सात लाख रुपैयाँ फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
गएको सोमवार राति बिरामी लिन काहुलेमा रहेको घरबाट ककनी जाने क्रममा सूर्यबहादुर अपहरणमा पर्नुभएको थियो । घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।