काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए । सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् ।
विमानस्थलका एसएसपी दिपशमशेर जबराले विमानस्थल प्रहरीले तीन प्रहरीलाई पुरस्कृत गरिएको विषय बाहिर आए पनि त्यसबारे कार्यालयले कुनै निर्णय नगरेको बताए ।
पहिले पुरस्कृत गर्ने विषय उठे पनि छानबिन समिति बनेर कारबाही सिफारिस गरेका बेला पुरस्कृत गर्ने भन्ने नहुने उनले बताए ।