दुप्चेश्वर । दुप्चेश्वर गाउँपालिमा कृषि, संस्कृति, पर्यटन, र पुर्वाधार सन्तुलित विकास दुप्चेश्वर गाउँपालिकाको आधार भन्ने मुल नारालाई आत्मासाथ गरि गाउँसभाको चौधौँ अधिवेशन गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको छ ।
यस कार्यक्रममा गाउँपालिकाले सन्तुलित विकास र समृद्धिको लागि कडा प्रतिबद्धता जाहिर गरेको छ। यस कार्यक्रममा कृषि, संस्कृति, पर्यटन, र पुर्वाधारको महत्वलाई जोड दिएको छ ।
गाउँपालिका प्रमुख शंकर थापाले विकास र समृद्धि को लागि यो कार्यक्रम आयोजना गरिएको बताए। उनले गाउँपालिकाको सामाजिक, आर्थिक, र सांस्कृतिक विकासका लागि सबैको सहभागिता र योगदान हुनुपर्ने बताए ।
यस अधिवेशनमा गाउँसभाका सदस्यहरूले गाउँपालिकाको विकास र समृद्धि को लागि सम्पूर्ण समर्थन गरेका छन्। कृषि, पर्यटन, सांस्कृतिक धरोहरको संरक्षण, पुर्वाधारको संरक्षण र प्रवर्द्धन नै यस अधिवेशनको मुख्य उदेश्य रहेको छ ।
गाउँपालिकाको अध्यक्ष शंकर थापाले अधिवेशन समाप्ति गर्दै गाउँपालिकाको विकास र समृद्धि को लागि सबैको सहयोग र साथ रहनेमा आफू विश्वसत रहेको बताए ।